आईसीसी विश्व कप क्रिकेट लिग–२ : नेपालले पीएनजीसँग खेल्दै, सिधै विश्वकप क्वालिफायर खेल्ने लक्ष्य

फागुन २९, काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज सोमबार पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ । खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

आइतबार यूएईलाई हराएर ४ वर्षको लागि एकदिवसीय मान्यता पक्का गरेको नेपालले अब २ खेल जितेमा सिधै विश्वकप क्वालिफायर खेल्नेछ ।
नेपालले सन् २०१८ मार्च १५ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाको चौथो स्थानमा उक्लिएको छ । एकदिवसीय मान्यता कायम गर्न तालिकाको शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ ।

संम्बन्धित समचार

Leave a Reply