सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

साउन ५, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रति तोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर १ लाख १२ हजार ८ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। बिहीबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply