रञ्जिताको नाउपा बैठकमा रेशम अनुपस्थित, सुदूरपश्चिममा निर्णायक कसरी बन्यो ?

चैत्र १४, काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक कैलाली टीकापुरमा सुरु भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा वैठक सुरु भएको हो । बैठकमा २१ मध्ये १२ जनाको उपस्थिति रहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

नाउपा संरक्षक रेशम चौधरी जापान भ्रमणमा छन् । रेशम नभए पनि बैठकमा पार्टीका उनको पक्षका उपस्थित छैनन् । पार्टीको संगठन विभाग प्रमुख समेत रहेका सुदूरपश्चिम प्रदेशका बिना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरी भने बैठकमा सहभागी रहेको उनका स्वकीय सचिव चम्मन चौधरीले जानकारी दिएका छन् । उनी पार्टीमा फरक मत राख्ने नेतामा पर्छन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति सरकार निर्माणका लागि निर्णायक छ । उसका ७ सहित प्रदेशमा काँग्रेसका १८, एमालेका १०, माओवादीका सभामुख सहित ११, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद छन् ।

संम्बन्धित समचार

Leave a Reply