कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

चैत्र १६, काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको सांसद पदको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले मनाङबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद पदको निलम्बन फुकुवा गर्न शुक्रवार आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता यदुनाथ खनालका अनुसार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरूङको निलम्बन फुकुवा गरेको हो ।

श्रममन्त्री हुँदाको एक मुद्दालाई आधार मानेर उनीविरुद्ध अख्तियारले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्धको मुद्दा विचाराधीन भएकाले उक्त मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि अख्तियारले २०७९ पुस ८ गते पत्राचार गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply