अमेरिका इरान द्धन्द नेपालीलाई फिर्ता ल्याउन पहल

पौष २४, काठमाण्डौँ । अमेरिका र इरानबीच सम्बन्धले मध्यपूर्व तनाबग्रस्त बनेको छ । कुनै समय अत्यन्तै सौहाद्र र घनिष्ट मित्र रहेको दुई राष्ट्रबीचको सम्बन्ध किन र कसरी यति धेरै तनाबपूर्ण अवस्थामा पुग्यो त इरान र अमेरिकाबीचको अहिलेको तनाब तेलको कारोबार, शीत युद्ध, मध्य पूर्वमा शक्ति संघर्ष र बन्धकको घटनाबाट प्रेरित रहेको बुझिन्छ ।

सन् १९८० देखि इरान र अमेरिकाबीच कुनै कुटनीतिक सम्बन्ध छैन् । पाकिस्तानले अमेरिकामा इरानको सन्देश वाहक र मध्यस्तताकर्ताको प्रतिनिधित्व गर्छन् भने स्वीटजरल्याण्डले इरानमा अमेरिकी मध्यस्तकर्ताको। १९७९ मा इरानी क्रान्तीले इरानका तात्कालीन राजा मोहम्मद रेजा पहल्भीलाई सत्ता च्युत गरेपछि इरान र अमेरिकाबीच सौहाद्र, दृढ र विश्वासिलो रहेको सम्बन्ध चिसिन सुरु भएको थियो । १६ जनवरी, १९७९ मा मोहम्मद रेजा निर्वासनमा गए ।

अमेरिकाको विश्वास पात्र मोहम्मद रेजाको बर्हिगमनसँगै अयातोल्लाह रुहोल्लाह खमोनीलाई इरान आउन आग्रह गरियो । क्रान्ती चर्किदै जाँदा ११ फेब्रुअरी १९७९ मा राजसंस्था फालियो । र अमेरिकाको कट्टर विरोधी खामोनीको युग सुरु भयो । गोरखापत्र अनलाइनबाट

संम्बन्धित समचार

Leave a Reply