भारतले भन्यो-“पाकिस्तानको सेनामा नश्लवाद हावी भयो”

माघ १७, काठमाण्डौ । छिमेकी देशका अल्पसंख्यकहरुप्रति भएको ऐतिहासिक गल्तीलाई सच्चाउनका लागि नागरिकता संसोधन विधेयक ल्याईएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । भारतको राष्ट्रिय क्याडेट कोर्सको कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले पाकिस्तानी सेनाले २०१८ मा सरसफाई कर्मचारीको आवश्यक्तामा गैर मुस्लिमले मात्र भाग लिन पाउने भनेर निकालेको विज्ञापनप्रति ईंगित गर्दै उक्त कुरा बताएका थिए ।

पाकिस्तान रेन्जर्सले निकालेको कर्मचारीको आवश्यक्ताको सुचनामा कपाल काट्ने, लुगा सिउने, काठको काम गर्ने, सफाई कर्मचारी गरेर ६५ जनाका लागि आवेदन मागेको सुचना पाकिस्तानको प्रमुख पत्रिका डनले प्रकाशित गरेको थियो ।

उक्त विज्ञापनको सामाजिक संजालमा नश्लिय भन्दै विरोध भएको थियो । पाकिस्तानले दलितहरुलाई छुट्टै धर्मावलम्बी भनेर जनगणनामा राखेको छ । हिन्दु धर्ममा पर्ने भए पनि दलित लगायत जनजातीहरुलाई फरक धर्म भनेर राखिएको छ ।

उक्त विज्ञापनमा सरसफाईका लगि दलित मागिएको कुरालाई भारतीय प्रमले पाकिस्तानको नश्लवादी सोच रहेकोतर्फ ईंगित गरेका हुन् । बिभिन्न अन्तराष्ट्रिय संस्थाहरुले पाकिस्तानमा गैर मुस्लिम अल्पसंख्यकहरुलाई राज्यले नै नश्लिय व्यवहार गर्ने बताईरहेका छन् ।

पाकिस्तानका प्रधानमन्त्रि ईमरान खानले अल्पसंख्यकहरुप्रति कुनै भेदभाव नभएको बताईरहे पनि पाकिस्तानमा जवरजस्ती धर्म परिवर्तन लगायतका कुराहरु नियमित रुपमा बाहिर आईरहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply