ओली-प्रचण्ड भेट : प्रचण्डले दिएका बधाईमा ओलीको यस्तो जवाफ !

चैत्र २, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी अध्यक्ष दाहालले शनिबार बिहान अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । सो क्रममा अध्यक्ष दाहालले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकामा प्रधानमन्त्रीलाई बधाई दिएका थिए ।

भेटमा उनले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो क्रममा अध्यक्ष दाहालले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गरी शुक्रबार ‘डिस्चार्ज’ भएका थिए ।

संम्बन्धित समचार

Leave a Reply