लकडाउन खुलेपछि मात्र कक्षा १०, ११ र १२ को परीक्षा मिति तोकिने

चैत्र २४, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १०, ११ र १२ को वार्षिक परीक्षाको नयाँ तालिका लकडाउन खुलेपछि सार्वजनिक गरिने जनाएको छ । लकडाउन पूर्णरुपमा खुलेपछि नयाँ परीक्षा तालिका सार्वजनिक गरिने मन्त्रालयले जनाएको हो । कोरोना माध्यमिक शिक्षा परीक्षा ९एसईई० ६ चैतका लागि तोकिएको थियो ।

कोरोना भाइरस ९कोभिड १९० का कारण अन्तिम समयमा परीक्षा स्थिगित गरिएको थियो । विद्यार्थीलाई परीक्षा केन्द्रमा पुग्ने समय राखेर नयाँ मिति तोकिने शर्माले बताए । कक्षा १२ को परीक्षा ८ वैशाख र कक्षा ११ को परीक्षा २१ वैशाखमा गर्ने तालिका सार्वजनिक गरेको थियो । तर कोरोना भाइरसका कारण लकडाउन भएपछि ११ र १२ को पनि प्रभावित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड पर्ख र हेरको अवस्थामा छ ।

संम्बन्धित समचार

Leave a Reply