अमेरिकामा कोरोनाका कारण विश्वमै सबैभन्दा बढीको मृत्यु, संक्रमितको दर पनि उच्च

चैत्र ३०, काठमाण्डौ । संयुक्त राज्य अमेरिका कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित बनेको छ । हाल अमेरिकामा कोरोनाले विश्वमै सबैभन्दा बढी मानिसको ज्यान लिएको छ । अमेरिकामा कोरोनाबाट संक्रमित बनेका मानिसको संख्या पनि सबैभन्दा बढी छ । आइतबारसम्म अमेरिकामा ५ लाख ३३ हजार ११५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

त्यहाँ २० हजार ५८० जनाको मृत्यु भएको छ । हाल विश्वभर १७ लाख ८१ हजार ५३ जना कोरोना संक्रमित छन् । एक लाख ८ हजार ८५४ जनाको मृत्यु भइसक्दा ४ लाख ४५ सय ५४ उपचारपछि स्वस्थ बनेका छन् । एजेन्सी

संम्बन्धित समचार

Leave a Reply