सरकारले भ्रष्टाचारविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ : राष्ट्रपति

जेठ २, काठमाडौं । सरकारले भ्रष्टाचारविरुद्धको कारबाहीलाई तीव्रता दिएको दाबी गरेको छ । सरकारका नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले भ्रष्टाचारविरुद्धको कारबाहीलाई तीव्रता दिएको दाबी गरेकी हुन् ।

कोरोनाको महामारीमा पनि औषधि जस्ता अत्यावश्यक सामग्रीमा पनि व्यापक अनियमितता भएको र सत्ता र शक्तिको दुरुपयोग गरी सरकारको आलोचना भइरहेका बेला सरकारको यस्तो दाबी आएको हो । भ्रष्टाचारमा संलग्नमाथि कडा कारबाही भएको र यस्ता विषयमा शून्य सहनशीलताको नीति लिएको सरकारको दाबी आएको हो ।

संम्बन्धित समचार

Leave a Reply