सरोज लामिछानेको नयाँ गीत ‘ख्याल माया’ सार्बजनिक

काठमाडौं । काँठ क्षेत्रमा एकलौटि राज गर्दै आएका  चर्चीत लोक गायक एवं  संचार कर्मी सरोज लामिछाने र सन्तोष लामिछानेको मौलिक लोकदोहोरी गीत ‘ख्याल माया’ सार्वजनिक भएको छ । माया प्रेमलाई विषय बस्तु बनाइ तयार पारिएको निकै सुमधुर सो गीत सरोज लामिछाने, सन्तोष लामिछाने र सुनिता दुलालले गाएका छन् । गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ भने टिकटक लगाएत सामाजिक सञ्जालमा यस गीतका केहि टुक्क पहिलेनै भाइरल भइसकेका छन ।

सन्तोष लामिछानेको शब्द संगीत रहेको गीतमा नरेन्द्र बियोगीले एरेन्ज गरेका छन् । उदिराम खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा कमलमणी नेपाल, सारदा गिरी, जानुका पौडेल, सरोज लामिछाने, एलिना रायमाझीलगायतको अभिनय रहेको छ । मध्यमाञ्चलमा बढि चर्चामा आउने यो भाकामा सरोजले यस अगाडी पनि केहि गीत सार्वजनिक गरि सबै माझ लोकप्रिय बनिसकेका छन ।

संम्बन्धित समचार

Leave a Reply