अब ब्रुनईबाट पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा

भाद्र २,काठमाडौँ । ब्रुनईको ख्यातिप्राप्त SIAMMALI Remittance र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । ब्रुनईमा रहनुभएका नेपालीहरुले SIAMMALI Remittance को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ८५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने , नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिनेछ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र SIAMMALI Remittance को तर्फबाट निर्देशकPg. Hj. Seruji  bin Pg. Hj. Damit ले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८५०० भन्दा बढी भुक्तानी काउन्टरहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply