६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन

भाद्र २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच शय्याका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्न ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । कोभिड–१९ संक्रमणका बिरामी राख्न शय्याको अभाव भएकाले अस्थायी रूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो । पाँच शय्याका दरले ती स्थानीय तहमा ३ हजार २४५ शय्याका अस्पताल बन्नेछन् ।

अहिले नेपालमा ४८ हजार १३८ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । यस्तै ३२ हजार ९६४ निको र ३०६ जनाको संक्रमणबाट मृत्यु भएको छ । यही भदौ १३ गते मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच शøयाको अस्पताल बनाउने निर्णय गरेका थिए । अस्पतालको व्यवस्थापन र कहाँ सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तहले गर्नेछन् ।

ती अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन् । मन्त्रालयले ती अस्पतालको कार्यप्रगतिका आधारमा बजेट थप गर्ने मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीले बताइन् । मन्त्रालयले प्रतिशøया रू। २ लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ । अस्पतालका लागि ३ महीनाको शय्याका लागि रू। ५ लाख, औषधि रू। ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि रू। ४ लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको छ ।

ती स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुदायिक भवन वा अस्थायी टहरामा तत्काल कोभिड–१९ का बिरामीको उपचारको व्यवस्थापन गर्न अस्पताल निर्माण गर्न भनिएको हो ।

संम्बन्धित समचार

Leave a Reply