कोरोना महामारीमा गरिबको साथमा नेता सुदेश पराजुली !

भाद्र २९,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भातृ संगठन अनेरास्ववियुका नेता सुदेश पराजुलीले गोरखा आरुघाटका सिजल परियारलाई खाद्यान्य र शैक्षिक सामग्री सहयोग गरेका छन् ।

खुलामञ्चको आकाश मुनि खाना खुवाउने क्रममा हाल असन निवासी शोभियत/सबिना परियारले सानो छोरा सिजललाई लिएर आएका थिए । कोरोना महामारीले गर्दा परियार परिवार खाना खाने समस्यामा रहेको छ ।

भविश्यका कर्णधार बालक सिजलको शैक्षिक भविश्यका लागि नेता पराजुलीले शुभकामना दिएका छन् ।

यसो त पराजुली कोरोना महामारीकै बीचमा विभिन्न सहयोग गरिरहेका छन् । कहिले बसपार्कमा खाना खुवाएर त कहिले असाहयलाई साथ दिएर उनि हरेक सामाजिक अभियानमा उत्तिकै सक्रय भइरहेका छन् । अन्य बिद्यार्थी नेता गुमनाम भइरहेका बेला उनि महामारीमा पनि खटिरहेका छन् ।

उनको यो सक्रियतालाई विभिन्न सामाजिक अभियन्ताहरुले प्रशंसा गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply