महानायक राजेश हमाल फेरि विवादमा तानिए ! खास कारण के हो ?

असोज २५,काठमाडौँ । महानायक राजेश हमाल विवादमा तानिएका छन् । समता फाउण्डेशनको उत्पादन तथा क्रिश्चियन एडको सहयोगमा प्रशारण भइरहेको जातको प्रश्न नामक कार्यक्रम सञ्चालन गरिरहेका हमाललाई विश्व हिन्दु परिषद लगायत विभिन्न संस्थाले डलरको आशमा धर्म प्रचारमा लागेको आरोप लगाएको छ । जातिय विभिद अन्त्य गर्न भन्दै सो कार्यक्रम केही समयदेखि प्रशारणमा छ । यसै सन्दर्भमा हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले भनेका छन्–‘राजेशजिको कार्यक्रम बिदेशिको जुठो कार्यक्रम हो । यसले तपाइलाई चोख्याउदैन ।

जस्तो प्रकारले आजकल छुवाछूतको प्रोपोगन्डा चलाएका छन् त्यस्तो अहिले समाजमा खास छैन । केही मात्रामा परम्परागत कारणले कतै–कतै अबश्य शेष होला ।
तर त्यसलाई आधार मानेर सनातन धर्मको मजाक बनाउन तयार भएकाले ध्यान दिनुहोला कि जुन पाराले अरुलाई होच्याएर बिदेशिलाई चलखेल गर्ने मौका दिदै हुनुहुन्छ त्यो पाराले तपाइको उद्देश्य त पूरा अबश्य हुदैन बरु बिदेशिको उद्देश्य अवश्य पूरा हुन्छ ।’ जातको प्रश्न कुनै जातीवादी वा धर्मको प्रचार गर्न बनाइएको एक उदेश्य हो भन्ने आरोप हमालमाथी लगाइएको छ । समता फाउण्डेशनकै युट्युव च्यानलबाट जातको प्रश्न प्रशारण भइरहेको छ । हमाल केही समय अघिदेखि सो कार्यक्रम चलाइरहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply