संसदीय समितिका सभापतिको निर्वाचन असोज ५ गते

असोज १,काठमाडौँ । प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन असोज ५ गते हुने भएको छ ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले संसदीय समितिको सभापति चयनका लागि असोज ५ गते विहान ११ बजे निर्वाचन कार्यक्रम राखिएको जानकारी गराए । त्यसअनुसार संसद सचिवालयलाई सूचना प्रकाशन गर्न पनि उनले निर्देशन दिएका छन् ।

मिनि संसद मानिने प्रतिनिधिसभाको समितिहरुको सभापति चयन हुन नसक्दा हालसम्म जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन हुने गरेको छ । यसअघि पटक पटक सभापति चयनका लागि तोकिएको मिति सर्दै आएको छ ।

प्रतिनिधिसभामा १० वटा विषयगत र ३ वटा विशेष समिति रहेका छन् । विशेष समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनका सदस्यको प्रतिनिधित्व हुन्छ । राष्ट्रियसभाको ४ वटा विषयगत समितिमा भने सभापति चयन भइसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply