बढ्यो शेयर बजार: आज कसले कमाए, कसले गुमाए ?

पौष २७,काठमाडौँ । आइतबार ४१ अङ्कले बढेको शेयर बजार सोमबार भने सामान्य बढेको छ । नेप्से सोमबार तीन दशमलव ३७ अङ्कले बढेर २ हजार २ सय ३९ दशमलव ४३ विन्दुमा पुगेको छ ।

बैंकिङ समूहको शेयर झण्डै तीन अङ्कले, विकास बैंक समूहको साढे २८, जलविद्युतको तीन, फाइनान्सको ११, निर्जीवन बीमाको १ सय ७६ र जीवन बीमा समूहको शेयर १ सय ६१ अङ्कले बढेको छ । व्यापार, होटल, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर घटेको छ ।

सोमबार दुई सय आठ कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ५२ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सिद्धार्थ बैंकको ४२ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सोमबार आरम्भ चौतारी लघुवित्त, नारायणी विकास बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट विकास बैंकका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । ​मल्टिपर्पोज फाइनान्सका शेयर धनीले भने सबैभन्दा धेरै झण्डै ६ प्रतिशत गुमाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply