आज माघे संक्रान्ति पर्व मुलुकभर बिभिन्न परिकार खाएर मनाइँदै

माघ १, काठमाण्डौ । आज माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुल लगायतका परिकार खाएर मनाइँदै छ । धार्मिक र अध्यात्मिक दृष्टिकोणले यो चाड हिन्दुहरुको लागि अति नै महत्व पूर्ण चाड हो । भगिरथले माघे संक्रान्ति कै दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए, त्यसैले माघे संक्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।

मकर संक्रान्ति पनि भनिने यो पर्वमा नेपाल भरका विभिन्न पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरूल खाई मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ भने संखुवासभाको बरुण धाम, मनकामना धाम, गुप्तेृश्वर गुफा, सभापोखरी तथा कार्तिके घाटमा स्नान गर्नेको घुइचो लाग्ने गर्दछ ।

माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ ।

संम्बन्धित समचार

Leave a Reply