दाङलाई औद्योगिक क्षेत्र घोषणा

माघ १७ दाङ । सरकारले घोराही उपमहानगरपालिकामा दाङ औद्योगिक क्षेत्र घोषणा गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुदेखि निर्माण व्यवसायीहरुले सरकारी निर्णयको स्वागतसँगै विशेष कार्यान्वयनमा जोड दिएका छन् ।

सरकारको घोषणाले व्यवसायी उत्साहित र खुसी भएको भन्दै दाङ उवासंघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य धुर्वराज श्रेष्ठले बताए ।

उनले विगत ७ वर्षदेखि जिल्लाका व्यवसायीको माग सुनुवाइ गरेकोमा सरकारलाई धन्यवाद दिँदै समन्वय पहल गरेर निर्णय गराउन सफल लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र सरकारले निर्णय गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गरे ।

 

 

संम्बन्धित समचार

Leave a Reply