नुवाकोट तारकेश्वरबाट बलात्कार आरोपमा धादिङ बेनीघाटका १६ वर्षीय युवक पक्राउ !

फागुण १८, काठमाण्डौ । नुवाकोटको तारकेश्वरबाट बलात्कार प्रयास आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको बेनीघाट घर भएका १६ वर्षीय युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । यस्तै प्रहरीले दुई जना फरार रहेको भन्दै उनीहरुको खोजीकार्य भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तारकेश्वर गाउँपालिका २ स्थित बगुवामा १४ गते राति तीन जना युवाले युवतीलाई बलात्कार प्रयास गरेका थिए । पीडितले दिएको उजुरीको आधारमा १ जनालाई पक्राउ गरिएको प्रवक्ता हरि बहादुर ओलीले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply