राष्ट्रपति आगामी सोमबार बंगलादेश जाँदै

चैत्र ३, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार बंगलादेशको दुई दिने राजकीय भ्रमणमा जाँदै छन् । राष्ट्रपतिसँगै उक्त राजकीय भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायत मन्त्रालयका सचिव र अन्य पदाधिकारीहरू जाने कार्यक्रम रहेको मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यहाँ जान लागेका हुन् । बंगलादेशमा राष्ट्रपतिले शेख मुजिब उर रहमानको जन्मशताब्दी कार्यक्रममा सहभागी हुने र सो कार्यक्रममा ‘नेपाल बंगलादेश सम्बन्ध’ बारे वक्तव्य दिने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply