इंग्लिस प्रिमियर लिग फुटबल : म्यान्चेस्टर युनाइटेडको पुनरागमन जित !

बैशाख २७, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले एस्टन भिल्लालाई हराएको छ । आइतबार भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लामाथि पुनरागमन जित हात पारेको हो । युनाइटेडले भिल्लाविरूद्ध ३।१ गोलको जित निकाल्यो । युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र एडिन्सन काभानीले एक एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने एस्टन भिल्लाले बेर्ट्रान्ड ट्राओरेको गोलबाट बनाएको थियो । जितसँगै युनाईटेडले ३४ खेलमा ७० अंक जोडेको छ । युनाईटेड दोस्रो स्थानमा यथावत रहेको छ । पराजित एस्टन ४८ अंकसहित ११औँ स्थानमा छ ।

संम्बन्धित समचार

Leave a Reply