भारतमा थप १ लाख ५३ हजारमा संक्रमण !

जेठ १७, काठमाडौ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ५३ हजार ४८५ जनामा संक्रमण भएको छ । यो संख्या आइतबारको तुलनामा २१ हजारले कम हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८० लाख ४६ हजार ९५७ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ । सोमबार भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा सोमबार यो संख्या ३ हजार १२९ मा झरेको छ ।

संम्बन्धित समचार

Leave a Reply