बेलायतमा कोरोना संक्रमणको अबस्था के छ ?

असार १७, काठमाण्डौ । बेलायतमा कोरोना संक्रमण दर उकालो लाग्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घन्टामा संक्रमितको संख्या २६ हजार नाघेको छ । एक साताअघि बुधबार संक्रमित संख्या १६ हजार १३५ थियो । सोमबार करिब २३ हजार संक्रमित थपिएका थिए भने हिजो मंगलबार बीस हजार ४७९ नयाँ संक्रमित थपिएका थिए ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा २६ हजार ६८ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्याँकअनुसार संक्रमित संख्या एक हप्तामा झन्डै ७० प्रतिशतले बृद्धि भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि ४८ लाख नाघेको छ ।

संम्बन्धित समचार

Leave a Reply