सेयर बजार आज पनि उच्च विन्दुमा : नेप्से १५.३० अंकले वृद्धि ! कारोवार रकम कति ?

साउन १३, काठमाण्डौ । सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक १५.३० अंकले उकालो लागेर ३०९४.९५ को विन्दुमा पुगेको हो । यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो । हिजो मंगलबार नेप्से हालसम्मकै उच्च ३०७९.६५ विन्दुमा पुगेर कायम भएको थियो ।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ अंकले उकालो लागेर ५७४.३२ को विन्दुमा पुगेको छ । कारोबार रकमसवा १३ अर्ब रुपैयाँ बढीको भएको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटा समूहको नेप्से ओरालो लागेको छ ।

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ७.०९ प्रतिशतले उकालो लागेको छ । निर्जीवन बीमा समूह ३.०८ प्रतिशतले बढेको छ । त्यस्तै आज लगानी समूहमा २.८९ प्रतिशत, वित्त समूहमा २.६३ प्रतिशत, जीवन बीमा समूहमा २.४५ प्रतिशत, विकास बैंक समूहमा १.०१ प्रतिशत, लघुवित्त समूहमा ०.६७ प्रतिशत, अन्य समूहमा ०.९२ प्रतिशत र व्यापार समूहमा ०.३८ प्रतिशतको बढेको छ ।

संम्बन्धित समचार

Leave a Reply