नेपालमा थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु !

साउन १३, काठमाडौ । पछिल्लो २४ घन्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुल १५ हजार ८०८ जनाको नमूना परीक्षाण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।

१० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४ हजार ९२२ को एन्टिजेन परीक्षण गर्दा १२०६ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोनाबाट मुक्त भएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply