नागरिकता विधेयक पारित गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

साउन २०, काठमाडौं । संसदमा विचाराधीन नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिइएको छ । ‘नागरिकताविहीन नेपालीहरु’ समूहको संयोजकत्वमा बुधबार माइतीघर मण्डलामा दबाबमूलक धर्ना दिइएको हो ।

प्रदर्शनमा सहभागीहरुले संविधानको धारा ११ को उपधारा (३) र (५) छिटो कार्यान्वयन गर्न माग गरेका छन् । यस्तै विगतका दिनमा नागरिकता नपाएर गुमाएके सेवा सुविधाको क्षतिपूर्ति दिनुपर्ने पनि उनीहरुको माग छ ।

धर्नापछि माइतीघरबाट निकालेको र्‍याली नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply