मुख्यमन्त्री राजेन्द्र पाण्डेले भोली विश्वासको मत लिने

कात्तिक २१,काठमाडौँ । बागमती प्रदेशसभाको बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी छ ।

बैठकमा भ्याएसम्म भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

सभामुखसहित प्रदेशसभामा एक सय ९ मत रहेको छ । गठबन्धनमा रहेका दलहरूसँग ५९ मत रहेकाले पाण्डे नेतृत्वको सरकारले विश्वासको मत सहजै प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply