टी-२० सिरिज खेल्न नेपाली महिला टिम कतार प्रस्थान

कात्तिक २८, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम टी-२० सिरिज खेल्न कतार प्रस्थान गरेको छ ।

नेपालले कतारसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

कतारमा तीन खेल खेलेपछि रूबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली नोभेम्बर १९ मा यूएईको दुबई प्रस्थान गर्नेछ । एसियाली छनोट नोभेम्बर २२ देखि सुरु हुनेछ ।

नेपालले यसअघि बंगलादेशमा गएर एक साता तयारी गरेको थियो । बंगलादेशमा नेपालले बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी) खेलेको तीन टि-२० अभ्यास सिरिज २-१ ले जितेको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply