नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

माघ २४, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । जानकी फाइनान्स, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनश शेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ८८ रूपैयाँ ७८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ६ सय ७७ रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको २५औँ वार्षिक साधारण सभा फागुन ७ गते, होटल मानकी इन्टरनेशनल, शिवचौक, जनकपुरधाममा बिहान १० बजेदेखि सुरू हुनेछ ।

त्यस्तै, ज्योति लाइफको १० प्रतिशत बोनस शेयर समायोजनपछि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६५० रुपैयाँ तोकिएको छ । नेप्सेले हिजो अन्तिम कारोबार मूल्य ७ सय १५ रूपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको चौथोवार्षिक साधारण सभा फाल्गुन ६ गते शुक्रबार वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

त्यस्तै, लाइफ इन्स्योरेन्सको २० प्रतिशत बोनस शेयर मूल्य समायोजन गरेको छ । समायोजनपछि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १९४३.३३ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको शेयर मूल्य प्रतिकित्ता २३३२ रुपैयाँमा कारोबार भएको थियो ।

कम्पनीको वार्षिक साधारण सभा फागुन ११ गते एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे सुरु हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply