टेलिकमको ४९ रुपैयाँमै अनलिमिटेड भ्वाइस र डेटा अफर

फागुन १, काठमाडौँ । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर सार्वजनिक गरेको छ । प्रणय दिवसका अवसरमा टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस सुविधा दिएको हो ।

टेलिकमका अनुसार ४९ रुपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड भ्वाइस र अनलिमिटेड डेटा पाइनेछ । ग्राहकले १ एमबीपीएस गतिमा डेटा चलाउन सक्नेछन् ।

अनलिमिटेड भ्वाइस टेलिकमको नेटवर्कभित्र मात्रै प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । *१४१५# डायल गरी वा नेपाल टेलिकमको मोबाइल एपबाट यो सेवा लिन सकिनेछ ।

यो अफर फागुन १ र २ गतेका लागि मात्र लागू हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply