शेयर बजारमा पहिरो, कारोबार २ अर्ब पनि पुगेन

चैत १७, काठमाडौँ । शेयर बजार आज बिहीबार ओरालो लागेको छ । साताको पहिलो दिनदेखि नै लगातार तीन दिन घटेको बजार हिजो चौथो दिन उकालो लागे पनि आज अन्तिम दिन बजार २३.९५ अंकले घटेको हो । आज ०.९३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५४४.३० बिन्दुमा ओर्लिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार बजार घटेसँगै आज कारोबार पनि न्यून भएको छ । आज २२८ कम्पनीका ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६ सय ८६ रुपियाँ बराबरको मात्रै कारोबार भएको हो ।

बजार घटेको दिन आज ट्रेडिङ समुह १८.०२ अंकले बढ्दा बाँकी अरु समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १७९.६४ अंकले घटेको हो ।

घटेको बजारमा आज तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इमर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य क्रमशः १०, ९.९९ र ९.९९ प्रतिशतले बढेको हो । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सबैभन्दा बढी ४.७९ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार आज इमर्जिङ नेपाल लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड २३ लाख ८४ हजार २ सय ४८ रुपियाँ बराबरको कारोबार भएको हो ।

संम्बन्धित समचार

Leave a Reply