राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

चैत २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले देशको अर्थतन्त्र गभर्नर अधिकारीले धराशायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न समिति गठनको निर्णय भएसँगै गभर्नर अधिकारी निलम्बनमा परेका हुन् ।

सो निर्णयबमोजिम अर्थ मन्त्रालयले शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेपछि गभर्नर अधिकारी निलम्बनमा परेका हुन् । ऐनको व्यवस्थाअनुसार छानबिन समिति गठन भएपछि गभर्नर स्वतः निलम्बन हुने प्रावधान छ ।

मन्त्रालयले गठन गरेको छानबिन समितिमा डा. सूर्य थापा र डा. चन्द्रकान्त पौडेललाई सदस्य राखिएको छ । समितिलाई एक महिनाभित्र छानबिनको प्रतिवेदन पेश गर्न भनिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नै गभर्नरबारे छानबिन गर्न अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई निर्देशन दिएको बताइएको छ । बैठकमा प्रधानमन्त्री देउवाले आक्रोशित हुँदै अधिकारीमाथि काम गर्न नसकेको आरोप लगाएको स्रोतले बताएको छ ।

राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिइएको छ ।

संम्बन्धित समचार

Leave a Reply