उपकार लघुवित्तको आईपीओ बाँडफाँट, २३ लाख बढीको हात खाली

बैशाख ९, काठमाडौँ । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण शेयर ९आईपीओ० बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।

संस्थाको आईपीओका लागि २४ लाख ३१ हजार १ सय ७० जनाले आवेदन दिएका छन् । लगानीर्ताहरुले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपियाँ बराबरको २ करोड ७५ लाख ५६ हजार २ सय ३० कित्ता लागि आवेदन दिएका हुन् ।

कम्पनीले चैत २५ गतेदेखि ३० गतेसम्म प्रति शेयर १०० अंकित दरको २ करोड ३६ लाख २५ हजार रुपियाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कूल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ । ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर समुहिक लगानी कोषहरुको छुट्याएर बाँकी २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था थियो ।

गोलाप्रथाबाट भएको आईपीओ बाँडफाँडमा २२ हजार १ सय ९ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता शेयर पाएका छन् भने २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली भएको छ ।

लघुवित्तको हाल कायम चुक्तापूँजी ४ करोड २० लाख रुपियाँ छ भने आईपीओ बिक्री पश्चात ६ करोड ५६ लाख २५ हजार भएको छ ।

संम्बन्धित समचार

Leave a Reply