वाणिज्य बैंकको संख्या घटाएर १५ बनाउन सुझाव

बैशाख १३, एजेन्सी । नेपाल राष्ट्र बैंकले मर्जरमार्फत बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नीति लिइरहेका बेला सरोकारवाला तथा विज्ञहरूले पनि वाणिज्य बैंकको संख्या आधा घटाउन सुझाव दिएका छन् ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा सहभागीहरूले अर्थतन्त्रको आकार, प्रतिव्यक्ति आम्दानी तथा जनसंख्याको आकारका आधारमा नेपालमा बैंकको संख्या बढी भएको भन्दै घटाउन सुझाव दिएका हुन् ।

मर्जर तथा एक्वीजिशन नीति जारी गरेको १ दशकपछि राष्ट्र बैंकले पहिलोपटक बैंकको संख्याबारे अध्ययन गरेको हो । अध्ययनका लागि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ), सहायक प्रमुख कार्यकारी अधिकृत, कार्यवाहक प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष, सञ्चालक, उच्च तहका कर्मचारी गरी १ सय ४० जना र ९० जना विज्ञ गरेर २ सय ३० जनासँग प्रश्नावलीमार्फत सुझाव संकलन गरिएको थियो ।

उत्तरदातामध्ये ५० प्रतिशतले वाणिज्य बैंकको संख्या ११ देखि १५ हुनुपर्ने सुझाव दिएका छन् । यसैगरी, २० प्रतिशतले ५ देखि १० ओटा, १५ प्रतिशतले १६ देखि २० ओटा र बाँकी १५ प्रतिशतले २० देखि २५ ओटा बैंक बनाउँदा उपयुक्त हुने सुझाव दिएका छन् । हाल २७ ओटा वाणिज्य बैंक सञ्चालनमा छन् ।

संम्बन्धित समचार

Leave a Comment