टिकट खोसिएका उम्मेदवारलाई भेट्न ईश्वर पोखरेल कास्कीमा !

बैशाख १९, काठमाण्डौ । टिकट खोसिएका उम्मेदवारलाई भेट्न ईश्वर पोखरेल घरमै पुगेका छन् । नेकपा एमालेले सुरुमा पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दिएकोथियो । उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई टिकट दिएको थियो । पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरेपछि पौडेलले पाएको टिकट खोसियो ।

उनको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो । टिकट खोसिएकै दिनदेखि पौडेल चुनावी प्रचारमा छैनन्, उनी घरमै आराम गरेर बसिरहेका छन् । पौडेललाई भेट्न केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पुरुन्चौर पुगेका हुने । पौडेलले अपमान महसुस गरेका कारण प्रचारमा नलागेको बताइएको छ । पार्टीले आफुलाई अन्याय गरेको पौडेलले पोखरेललाई सुनाए । करिब २ घण्टा गोप्य भेटपछि पौडेलले पोखरामा एमालेले चुनाव नहार्ने आश्वास्त पारेर फर्काएको एमाले श्रोतले बताएको छ ।

संम्बन्धित समचार

Leave a Reply