आईजीपी नियुक्तिविरुद्ध रिटको सुनुवाइ आज हुँदै

बैशाख २१, काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटको पहिलो सुनुवाइ आज हुँदै छ । कनिष्ठलाई बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट हालेको रिटको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो ।

गत सोमबार पोखरेलले आईजीपीमा धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुनविपरीत रहेको उल्लेख गरेका छन् ।

पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजी भएका थिए । आइतबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआईजीलाई पाखा लगाउँदै कनिष्ठ एआईजी सिहंलाई आईजीपी नियुक्त गरेको थियो । असन्तुष्ट अर्का एआईजी सहकुलबहादुर थापा भने काममा फर्किएका छन् ।

संम्बन्धित समचार

Leave a Reply