अमेरिकी राष्ट्रपति ट्रम्पको इरानमाथि आक्रमण गर्ने योजना

मंसिर २,काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्नेबारे आफ्ना वरिष्ठ सहयोगीहरुसँग सल्लाह गरेको खुलेको छ । इरानका आणविक केन्द्रहरुमा आक्रमण गर्ने सम्भाव्यता र त्यसका विकल्पबारे उनले बिहीबार आफ्ना वरिष्ठ सहयोगीहरुसँग सल्लाह मागेको समाचार न्यूर्योक टाइम्समा प्रकाशित छ । वहालवाला चारजना अधिकारी र केही पूर्व अमेरिकी अधिकारीहरुको भनाई उदृत गर्दै बिहीबार राष्ट्रपतिको कार्यालयमा यसबारे छलफल भएको हो । यसक्रममा उपराष्ट्रपति माइक पेन्स, विदेशमनत्री माइक पोम्पेओ, कार्यवहाक रक्षामन्त्री क्रिष्टोफर मिलार र सेना प्रमुख जनरल मार्क मिल्ललगायत वरिष्ठ सल्लाहकारहरुले सैन्य आक्रमण नगर्न सल्लाह दिएको समाचारमा उल्लेख छ । राष्ट्रपति छँदाका अन्तिम…

पुरा पढ्नुहाेस्

अमेरिकी राष्ट्रपति ट्रम्प तीन दिनमै डिस्चार्ज

असोज २०, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरस कोभिड–१९ रिपोर्ट पोजेटिभ आएपछि तीन दिन अघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज भएका हुन् । डिस्चार्ज लगत्तै टन्म्पले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताएका छन् । यसअघि ह्वाइट हाउसका डाक्टरले ट्रम्पको स्वास्थ्य अवस्था सुधार आएकाले डिस्चार्ज गर्न सक्ने बताएका थिए । ट्रम्प पुरै निको नभएपनि घर लान सुरक्षित भएकाले डिस्चार्ज गरिएको चिकित्सकले बताएका छन् । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ। उनको थप उपचार ह्वाईट…

पुरा पढ्नुहाेस्

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

साउन ३२,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् । राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल गएका थिए । एक बयान जारी गर्दै ट्रम्पले भनेका छन्, ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदै छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गएराति अन्तिम सास लियो । ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो । उसको याद सधैं मेरो हृदयमा रहने छ ।’ ७२ वर्षीय रोबर्ट राष्ट्रपति…

पुरा पढ्नुहाेस्

अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्-“कोरोना नियन्त्रणमा चीन सफल हुनेमा विश्वास छ”

माघ २४, काठमाण्डौ । चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रणका लागि चीनले अपनाएका उपायबाट छिट्टै भाइरस सङ्क्रमण नियन्त्रणमा सफलता मिल्ने बताएका हुन् । चीनमा देखिएको कोरोना भाइरस महामारीले विश्वलाई चिन्तित तुल्याएको भन्दै यसको सामना गर्ने चीनको क्षमताप्रति अमेरिकी राष्ट्रपति ट्रम्प ‘विश्वास’ व्यक्त गरेको ह्वाइट हाउसले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । यसैक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाभाइरसविरुद्ध ‘जनयुद्ध’ को घोषणा गरेका…

पुरा पढ्नुहाेस्

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोगमाथि सिनेटमा सुनुवाइ

माघ ९, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विरुद्धको महाअभियोग प्रस्तावमा अमेरिकी माथिल्लो सदन सिनेटमा सुनुवाइ सुरु भएको छ । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन नेता मिच म्याककोनेलले मुख्य साक्षी वा दस्तावेज रोक्न चाहेको भए पनि विपक्षी डेमोक्रयाटले त्यसलाई पर्दा लगाउने विषय भन्दै आलोचना गरेको छ । डेमोक्रयाट्सले महाअभियोग सम्बन्धी सुनुवाईको नियम फेर्न चाहेको छ । राष्ट्रपति ट्रम्पमाथि युक्रेन मामिलामा आफ्नो शक्ति दुरुपयोग गरेको र कंग्रेसलाई उनको आचरणको बारेमा जाँच गर्नबाट रोकेको आरोप लगाइएको छ ।

पुरा पढ्नुहाेस्

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने

असार २१,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ । उहाँहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन् । लामो समयदेखि प्रतिक्षा गरिएको उनीहरूको शिखर वार्ताको बारेमा रूसी प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ । राष्ट्रपति ट्रम्प र पुटिनसँगको परामर्शबाट उनीहरूको शिखर वार्ताको बारेमा सहमति गरी निर्णय भएको उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सिन्कीमा भेटवार्ता गर्न लागेको क्रेमलिनले जानकारी दिएको…

पुरा पढ्नुहाेस्