इमर्जेन्सी रगत अभाव भयो ? सेनालाई फोन गर्नुस

पुस २७, काठमाडौ । कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा रगत अभाव हुन थालेको छ । ब्लड बैंकहरुमा रगत अभाव भएपछि नेपाली सेनाले रक्तदान गर्ने योजना ल्याएको छ । उपचारको क्रममा कसैलाई तत्काल रगत चाहिएमा सैनिक ब्यारेकबाट रगत उपलब्ध गराउने नेपाली सेनाका प्रवक्ता ९सहायकरथी० सन्तोष वल्लभ पौड्यालले रातोपाटीलाई बताए । उनले भने–‘इमर्जेन्सी रगत चाहिन पायक पर्ने युनिटमा समन्वय गर्न नम्बर दिएका छौँ, आर्मी एक्सचेन्ज नम्बर ०१–४२४००० मा सम्पर्क गरेर अनुरोध गरेपछि रगत उपलब्ध गराउँछौँ ।’ हन्टिङ नम्बर ०१–४२४००० मा फोन गरेपछि नजिकको युनिटको नम्बर उपलब्ध गराइने र त्यहाँ…

पुरा पढ्नुहाेस्