एमाले नेता भट्टराईले मागे प्रधानन्यायाधीशको राजिनामा

आश्विन २४,काठमाडौँ । एमाले नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताएका छन् । ‘परमादेश किन दिएको रहेछ भन्ने गजेन्द्र हमाल प्रकरणबाट पुष्टि भएको छ । यसले न्यायालयमाथि गम्भीर प्रश्न उठेको छ । यसरी प्रश्न उठेपछि स्वतन्त्र न्यायालयको छवि बचाउने हो भने अब प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्ग प्रसस्त गर्नु उपयुक्त हुन्छ’, भट्टराईको भनाइ छ । उनले संसदीय मूल्य मान्यता र स्वतन्त्र न्यायपालिकाको मान्यताविरुद्ध गठबन्धन सरकार र न्यायालय हिँडिरहेको भट्टराईको भनाई छ । ‘यो गजेन्द्र हमालको मात्रै कुरा…

पुरा पढ्नुहाेस्