करेन्ट लागेर तीनजनाको मृत्यु

सिरहा, कपिलवस्तु र नवलपरासी पश्चिममा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ । सिरहाको नराह गाउँपालिका २, पानबारी बस्ने रामजुलुम यादवको छोरी १३ वर्षीया सम्झनाकुमारी यादवको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा रहेको मोटर जडान भएको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यस्तै कपिलवस्तु महाराजगंज नगरपालिका ११, चौहट्टा बस्ने २३ वर्षीय सुरजकुमार भरको करेन्ट लागेर मृत्यु भएको छ । छिमेकीको घरमा पंखा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल तौलिहवातर्फ लैजाने क्रममा…

पुरा पढ्नुहाेस्