नवरात्रको पाँचौं दिनः आज स्कन्दमाताको पूजा आराधाना गरिँदै

असोज २५, काठमाडौं । नेपालीहरुको महान चाड दशैंको आज पाँचौं दिन स्कन्दमाताको विशेष पूजा गरिँदै छ। सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास छ । आजको दिन राजधानीका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिर र शक्तिपीठहरुमा विशेष पूजाअर्चना गर्ने परम्परासमेत रहेको छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौंं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै…

पुरा पढ्नुहाेस्

आज नवरात्र चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

असोज २४, काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतल हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलिसमेत…

पुरा पढ्नुहाेस्

नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै

असोज २३, काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना गरी मनाइँदै छ । आज दशैं घर र विभिन्न शक्तिपीठहरुमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक व्यवस्था रहेको छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना र उपासना गर्ने गरिन्छ । दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र…

पुरा पढ्नुहाेस्