नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाको कारण दर्जन भन्दा बढी घर पहिरोको जोखिममा

असार २६,काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गत सिस्नेखोला खण्डमा पहिरोको कारण बस्ती नै पहिरोको जोखिममा दर्जन भन्दा बढी परेको छ । सिस्नेखोलामा निर्माणाधिन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले बस्तीको नजिकबाट डोजर चलाएर माटो निकालेपछि सिस्नेखोलामा दर्जन भन्दा बढी घर जोखिममा परेका हुन् । त्रिभुवन राजपथको नौविसे–नागढुङगा सडक खण्डको खत्रीपैवाका करिव दर्जन भन्दा बढी घर जोखिममा परेको स्थानिय नेता रामराजा पाण्डेले अनलाइनकेन्द्रलाई बताए । उनले भने–’यो बस्ती जोखिममा पर्नुको मुख्य कारण सुरुङ निर्माण गर्दा ध्यान नपुर्याएकोले नै हो । अब जे हुनु भइसक्यो,प्रभावित अब यहाँ घरमा बस्न सक्ने अवस्था छैन्, उनिहरुलाई उचित क्षतीपर्ति दिएर…

पुरा पढ्नुहाेस्

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम तीव्र गतिमा अगाडी बढ्दै

माघ १६, काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ । नागढुंगादेखि सिस्नेखोलासम्म बन्न लागेको २ दशमलव ६८८ लम्बाइको सुरुङको कामले तीव्रता पाएको छ । हाल दुई सिफ्टमा चौबीसै घण्टा काम भइरहेको आयोजना प्रमुख नरेशमा शाक्यले जानकारी दिए । हाल दुई सिफ्ट गरेर ३ सय ५० जना कर्मचारीले काम गरिरहेका छन् । जापान सरकारको १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारको ५ दशमलव ८ अर्ब लागतमा बन्न लागेको सुरुङ मार्गको जम्मा लम्बाइ सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर हुनेछ भने त्यसमा सुरुङको…

पुरा पढ्नुहाेस्

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य काम सुरु, काठमाडौं र धादिङबाट एकैचोटि छेडिने !

मंसिर १९, काठमाण्डौ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्वाल पार्ने काम सुरु भएको छ । काठमाडौं र धादिङ दुवैतर्फ काम अघि बढाइएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाले बताएको छ । एक महिनाभित्र विस्फोट गराउने काम सुरु हुने आयोजनाको भनाइ छ । त्यसका लागि भारतबाट ३ सय टन विस्फोटक पदार्थ ल्याइएको कान्तिपुर अनलाईनमा खबर छ । विस्फोटक पदार्थबिनै करिब ३० मिटर प्वाल पारिने सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिएका छन् । ठेक्का सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सक्नुपर्नेछ । निर्माणको समय ३० महिना मात्र बाँकी छ । सुरुङविज्ञसहित २० जनाको विदेशी प्राविधिक टोली अहिले फिल्डमा…

पुरा पढ्नुहाेस्

नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण : तिहारपछि तिब्र रुपमा काम हुने

कार्तिक २२, काठमाण्डौ । नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम सकिनै लागेको बताएको छ  । कोभिड–१९ का कारण लामो समयदेखि रोकिएको काम पनि पुनः सुरु भएको आयोजनाले जनाएको छ । सुरुङ खन्दा आवश्यक पर्ने सपोर्ट राख्ने काम भइरहेको आयोजना निर्देशक नरेशमान शाक्यको भनाइ छ । उनका अनुसार अहिलेको सुरुङको मुख्य काम थालेपछि काममा प्रगति देखिनेछ । आयोजनामा चाहिने जापानी प्राविधिक आएका छन् । फिल्डमै उनीहरूको २० जनाको प्राविधिक टोली छ । मुआब्जाको काम ८५ प्रतिशत टुंगिइसकेको छ ।

पुरा पढ्नुहाेस्

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : धादिङतर्फ मुआब्जा वितरणमा समस्या, काठमाण्डौतर्फ ९२ प्रतिशत सकियो

-सन्तोष सुवेदी मंसिर १८,धादिङ । देशको राजधानी काठमाडौँ प्रबेश गर्ने मुख्य राजमार्ग त्रिभुवन राजपथको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको मुआब्जा बितरणको काम भईरहेको नागढुङ्गा–सिस्नेखालाआयोजनाका प्रमुख श्याम प्रसाद खरेलले अनलाईन केन्द्र लाई बताए । काठमाण्डौ तर्फको मुआब्जा बितरणको काम करिव ९२ प्रतिशत सकिएको उनले बताएका छन । तर धादिङ तर्फ भने बितरणको काम सुस्त भएको उनको भनाई छ । धादिङ तर्फ धुनिबेशि नगरपालिका वडा नम्बर ९ मा पर्ने करिव ४४ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । अधिग्रहणका लागी अहिले प्रक्रिया जारी छ भने १५ जना जतिको मुआब्जा लगभग ४ करोड रकम स्वीकृत…

पुरा पढ्नुहाेस्

नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम जेठबाट सुरु हुँदै ! सिस्नेखोलातर्फ सहायक मार्ग निर्माण गर्न नपर्ने

चैत्र ९,काठमाडौँ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणस्थलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अवलोकन गरेका छन् । उनले यो सुरुङमार्गको जेठसम्ममा निर्माण थाल्ने बताएका छन् । यसका लागि टेण्डर भएर कम्पनी छनोटको प्रक्रिया चलिरहेको छ । निर्माणका लागि ६ विदेशी कम्पनीले इच्छा देखाएका छन् । सडक विभागले गरेको ग्लोबल टेण्डरमा चिनियाँसहित जापानी कम्पनीहरुले इच्छा देखाएका छन् । टेण्डर मूल्यांकन प्रक्रियामा अलमल हुँदा सुरुङमार्ग निर्माणको कमा थाल्न ढिलाइ भएको छ । अहिले ठेक्कामा सहभागी कम्पनीहरुको प्राविधिक प्रस्तावको मूल्यांकन भइरहेको विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठले जानकारी दिए ।…

पुरा पढ्नुहाेस्