कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित

भाद्र १९,काठमाडौँ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ । समितिको मंगलबार सिंंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको हो । उपसमितिले तयार पारेको समितिको कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको बिहीबार बसेको बैठकले कार्यविधिको मस्यौदा बनाउन कृष्णभक्त पोखरेल, पदमनारायण चौंधरी र शशी श्रेष्ठ रहनुभएको ३ सदस्यीय उपसमिति गठन गरेको थियो । कार्यविधिमा न्याय परिषद, राष्ट्रिय मानव अधिकार आयोग, महान्यायावक्ताको कार्यालय, न्याय सेवा आयोगको कामको अनुगमन, निरीक्षण र आवश्यक निर्देशन दिने व्यवस्था गरिएको छ । त्यसैगरी न्याय…

पुरा पढ्नुहाेस्