यु–१६ महिला च्याम्पियनसिप: घरेलु मैदानमा नेपालको लज्जास्पद हार

असोज ३,काठमाडौँ । एएफसी १६ वर्षमुनि -(यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ई को खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोलअन्तरले पराजित भएको हो । फिलिपिन्सले नेपाललाई खेलको शुरुआतदेखि नै दबाबमा राखेको थियो । फिलिपिन्सको जितमा कप्तान मारिया लाजोले दुई गोल गरिन् । उनले खेलको पहिलो हाफको ४२औँ र ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाइन् । त्यस्तै फिलिपिन्सले खेलको दोस्रो हाफमा पनि दुई गोल थप्यो । खेलको ७६औँ मिनेटमा फिलिपिन्सकी किइनी मियाक…

पुरा पढ्नुहाेस्