ललितपुरका नापी सर्वेक्षक यादवसहित तीनजना घुससहित पक्राउ

माघ १०,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई घुससहित पक्राउ गरेको छ । आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले हिजो नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो । आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा आयोगको टोली नापी कार्यालय पुगेको थियो ।

पुरा पढ्नुहाेस्