वैशाख ९ गतेबाट एसईई सुरु

बैशाख ५,काठमाडौँ । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । एसईई वैशाख ९ गतेबाट सुरु हुँदैछ । यसअघि कोभिड–१९ को सङ्क्रमण बढेपछि दुई पटक एसईई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थियो । राष्ट्रिय परीक्षाबोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० अर्जुनबहादुुर रायमाझीका अनुसार अहिले जिल्ला स्तरमा परीक्षाका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्य भइरहेको छ । परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सामग्री सम्बन्धित जिल्लामा पु(याइसकिएको छ । यस वर्ष मुलुकभर दुई हजार सातवटा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ ।…

पुरा पढ्नुहाेस्