संघिय संसदका दुवै सदनको बैठक बस्दै

असोज २५, काठमाडौं । संघिय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसुचि छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट “मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश हुने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक सभामुख सापकोटाको कार्यशैलीमा असन्तुष्ट जनाउँदै नेकपा एमालेले निरन्तर अवरोध गर्दे आएको छ । यसैबिच राष्ट्रियसभाको बैठक पनि दिउँसो २ बजे नै बस्दैछ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले…

पुरा पढ्नुहाेस्