सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

भाद्र १०, काठमाडौँ । क्रिकेटर तथा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुँदैछ । मुद्दाको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । मुद्दा इजलासमा पेशी तोकिएकामध्ये पाँचौं नम्बरमा छ । लामो समयदेखि पटक–पटक स्थगित हुँदै आएको यु मुद्दामा पछिल्लो पटक न्यायाधीशले पीडित गौशाला २६ की आमाको जन्ममिति स्पष्ट हुने कागज मगाउँदै स्थगित गरेका थिए । उक्त कागज पेश भएपछि आज मुद्दाको पेशी तोकिएको हो । मुद्दाको टुङ्गो छिटै लाग्ने अपेक्षा गरिएको छ तर आज मुद्दा लम्बिए सन्दिप आजै बेलुकी पाकिस्तान जान सक्छन् ।

पुरा पढ्नुहाेस्

सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आज

जेठ ७, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आज आइतबारलाई तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा आज मुद्दाको पेशी रहेको छ । गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि लगातार सुनुवाइ हुन सकेको थिएन । बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ ।

पुरा पढ्नुहाेस्

सन्दीप लामिछानेको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश

चैत्र २६, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू भन्ने आदेश दिएका हुन् । आइतबार वादीतर्फका कानुन व्यवसायीहरुले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि अदालतले स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको हो । साथै आइतबारको इजलासले क्रिकेटरद्वय साहब आलम र अनिश श्रेष्ठको पनि वकपत्र गराउन आदेश दिएको छ । यसअघि मुख्य चिकित्सकको स्थानमा सहयोगी चिकित्सकको बकपत्र राखिएको भन्दै…

पुरा पढ्नुहाेस्

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

फागुान १४, काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा परेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ। पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएपनि उनलाई विदेश भ्रमणको अनुमति दिएको छैन। सन्दीपले आफूलाई विदेश भ्रमणमा लगाइएको प्रतिवन्द फुकुवा गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेका छन् । सन्दीपलाई धरौटीमा छोड्ने पाटन उच्च अदालतको आदेशविरूद्ध सरकारी वकिल कार्यालयले सर्वोच्चमा रिट दिएको छ । उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने महान्यायाधीवक्ता कार्यालयको माग छ । महान्यायाधिवक्ता कार्यालय र सन्दीपको निवेदन एकैसाथ राखेर आज सुनुवाइ हुन लागेको हो ।

पुरा पढ्नुहाेस्

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा

पौष १४, काठमाण्डौ । बलात्कारको अभियोगमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेले दिएको पुनरावेदनको निवेदनमाथि बिहीबार सुनुवाइ हुन सकेन । काठमाडौं जिल्ला अदालतले बलात्कारको मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसका विरुद्ध उनले मंसीर २९ गते उच्च अदालत, पाटनमा निवेदन दिएका थिए । त्यसमाथि आज उच्च अदालतमा सुनुवाइ तोकिएको थियो । उनको निवेदनमाथि न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलाशमा पाँचौं नम्बरमा रहेको थियो । बिहीबार दिउसो खाजा समयअघि तीन वटा निवेदनमाथि सुनुवाइ भएको थियो। त्यसपछि एउटा निवेदनमाथि सुनुवाइ भएको छ । पाँचौ नम्बरमा रहेको लामिछानेको निवेदन…

पुरा पढ्नुहाेस्