सिन्धुपाल्चोकमा बस दुर्घटना : चालकको मृत्यु , ८ जना घाइते

मंसिर २६, काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्य भएको छ । बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको मृत्य भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गएराति ९ बजे भएको दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

भदौ ९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ ठोकर्पा स्थित छापागाउँमा बस दुर्घटना भएको छ । बा.३ ख. ८०३० नम्बरको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । मृतकको सनाखत भैसकेको छैन् । लिसंखु–ठोकर्पा हुँदै काठमाडौं आउँदै गरेको बसमा सवार ३४ जना मध्ये ३२ जना घाइते भएका छन् । घाइते भएका २० जनालाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ । १२ जनाको स्थानिय सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो

मंसिर २९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्लाको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो । सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३ जनाको ज्यान गइसकेको र अन्य हताहत रहेको बताए । ‘डीएसपीले मलाई दिएको जानकारी अनुसार घटनास्थलमा १३ जनाको शव भेटिएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार गर्न पठाइएको छ’, निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले भने । प्रहरी निरीक्षक गणेश खनालका अनुसार, कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर…

पुरा पढ्नुहाेस्